बुधबार, असार १७,२०८३ 12:32:15
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:32:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो, एलपी ग्यासमा पनि १०० रुपैयाँ कटौती

Laxmi Sunrise Bank Limited
पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो, एलपी ग्यासमा पनि १०० रुपैयाँ कटौती

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार घटेपछि नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएको छ। नयाँ मूल्य असार १७ गते राति १२ः०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ले घटाइएको छ।

New Office
CG Motors
Garima Development Bank

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको यही मूल्य सुधारलाई आधार बनाएर स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल/मट्टितेल पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रति लिटर ३० रुपैयाँ घटाउँदै २२९ रुपैयाँ कायम गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निगमले अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलर ले घटाएको छ। भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ब्रेकइभेन बिन्दु (Break-even Point) मै बिक्री मूल्य कायम राखिएको जनाएको छ।

पछिल्लो केही महिनायता अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन हुन नसकेको भए पनि अहिले इन्धनको अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटसँगै उपभोक्ताले राहत पाउने गरी मूल्य घटाइएको निगमले स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.