काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)को जिम्मेवारी प्रमेश आचार्यले पाएका छन् ।
संस्थाका सीइओ मोक्ष प्रसाद पंगेनीको चैत १८ गते पदावधि सकिने भएसँगै संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कामु सीइआको जिम्मेवारी आचार्यलाई दिइएको हो ।
आचार्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारी हुन् ।

