काठमाण्डौ । दुई लघुवित्त संस्थाको सेयर संरचना परिवर्तन भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्तको सेयर संरचना परिवर्तन भएको हो ।
सूर्योदय वोमी लघुवित्तको २ लाख ९९ हजार ९२३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरी संस्थाप र सर्वसाधारणको सेयर संरचना ६७.२९ः३२.७१ अनुपात कायम गरिएको छ ।
त्यस्तै, कालिका लघुवित्तको कुल ४ लाख ७ हजार ६९२ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयर संरचना ५४.५२ः४५.४८ अनुपात कायम गरिएको छ ।

