काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा डाकेको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पुस ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सञ्चालक समितिको हेरफेर तथा अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

