मंगलवार, असार १६,२०८३ 06:20:42
Bizshala
  • मंगलवार, असार १६,२०८३ 06:20:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बेनी हाइड्रोपावरको आईपीओ: स्थानीय र वैदेशिक रोजगारी कोटाबाट सबै सेयर बिक्री, सर्वसाधारणको पालो किन आएन ?

Laxmi Sunrise Bank Limited
बेनी हाइड्रोपावरको आईपीओ: स्थानीय र वैदेशिक रोजगारी कोटाबाट सबै सेयर बिक्री, सर्वसाधारणको पालो किन आएन ?

काठमाण्डौ । गत चैत १ गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेको बेनी हाइड्रोपावरले सर्वसाधारणका लागि भने आईपीओ खुलाउन सकेको छैन ।  

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।  

कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ दरमा २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

सोमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर स्थानीय बासिन्दाका लागि बिक्री गरि बाँडफाँड गरिएको थियो ।  

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता सेयर भने वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँड गरिएको थियो ।  

बाँकी रहेको ९ लाख ३६ हजार कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई ५ प्रतिशत र कर्मचारीलाई २ प्रतिशत सेयर छुट्याई बाँकी सेयर सर्वसाधारणलाई जारी गर्न बाँकी छ ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आईपीओ निष्कासनको स्वीकृति पाइसकेपछि २ महिनाभित्र निष्कासन गरिसक्नुपर्ने व्यवस्था छ । यदि उक्त अवधिभित्र दुई चरणकै आईपीओ निष्कासन हुन नसकेमा सम्बन्धित कम्पनीले पुनः बोर्डको स्वीकृति वा आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ ।  

बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको २ महिनाभित्र सार्वजनिक निष्कासन गर्न नसक्दा सर्वसाधारणको सेयर निष्कासन रोकिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।  

‘बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको २ महिनाभित्र पहिलो र दोस्रो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गर्न नसक्दा पब्लिकको आईपीओ अनुमति पुनः माग गर्नुपरेको छ’ एनएमबि क्यापिलटका एक उच्च कर्मचारीले भने, ‘बोर्डको नियममा नै २ महिनासम्मको अवधि व्यवस्था भएकाले हामीले सो अवधिभित्र आईपीओ निष्कासनको काम सकेनौं जसकारण कम्पनीले पुनः धितोपत्र बोर्डसँग आईपीओ निष्कासनको अनुमति मागेको छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै कम्पनीको व्यवस्थापन र प्राविधिक कुराहरु परिवर्तन भएका कारण २ महिनाभित्र आईपीओ निष्कासनको काम सम्पन्न गर्न नसकेको क्यापिटलले जनाएको छ ।  

‘पहिलो चरणमा गत चैत १ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ निष्कासन गरी चैत १५ गतेभित्र बाँडफाँड गरिसकेका थियौं’ ती कर्मचारीले भने, ‘प्राविधिक समस्याले गर्दा सर्वसाधारणका लागि बाँकी रहेको सेयर २ महिनाको अवधिमा निष्कासन गर्न नसक्दा बोर्डले पुनः आवेदन दिन लगाएको हो ।’

क्यापिटलका अनुसार बेनी हाइड्रोपावर कम्पनीले हाल सर्वसाधारणका लागि बाँकी रहेको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग पुनः अनुमति मागेको छ ।  

हाल बोर्डको पाइपलाइनमै रहेका कारण कम्पनीको सर्वसाधारणका लागि आईपीओ निष्कासन ढिला भएको बोर्डले जनाएको छ । सेबोनबाट स्वीकृति पाएमा बेनि हाइड्रोले अब चाँडै सर्वसाधारणका लागि पनि आईपीओ खुलाउने ती कर्मचारीले बताईन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.