नेप्सेमा ४६.५७ लाख कित्ता हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

