आम्दानीमा सुधार आएसँगै खानीखोला हाईड्रोपावरको घाटा घट्यो
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.४७ प्रतिशतले बढी हो ।कम्पनीले अघिल्लो आवसम्म विद्युत बिक्रीबाट ५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।

