काठमाण्डौ । एनआईएमबि एस क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा डाकेको हो ।
सो सभा आगामी पुस २० गते काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको सभाहलमा अपरान्ह साढे १२ बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम सेयर चुक्तापूँजीको ३.०९२८ प्रतिशत बोनस सेयर(करसहित) र १२.३७११ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८२ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

