बिहीबार, बैशाख ३१,२०८३ 07:23:02
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:23:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्दाकिनी हाइड्रोपावरले लाभांश नदिने, पुसमा साधारण सभा आयोजना गर्ने निर्णय

Laxmi Sunrise Bank Limited
मन्दाकिनी हाइड्रोपावरले लाभांश नदिने, पुसमा साधारण सभा आयोजना गर्ने निर्णय
Shivam Cement

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांशको प्रस्ताव नसमेटि १२ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो साढे १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा नियामक निकायबाट हकप्रद सेयर स्वीकृत भएअनुसार गरिएको सेयरपूँजीको समायोजनलाई अनुमोदन गर्ने, चुक्तापूँजी र फ्रि रिजर्भभन्दा बढी हुनेगरी बैंकसँग कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र गत आवमा सेयरको रुपमा विभिन्न कम्पनीमा भएको लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
CG Motors

सभामा कम्पनीले सर्वेक्षण अनुमतिपत्र लिएको तापखोला जलविद्युत आयोजनालाई अघि बढाउन आवश्यक पर्ने सहायक कम्पनी दर्ता गरी परियोजना विकास तथा निर्माणसम्बन्धी कार्य अगाडि बढाउने र उपरोक्त प्रस्ताव अघि बढाउन नियामक निकायहरुबाट कुनै पनि किसिमको संशोधन, फेरबदल एवं थपघट लगायतका निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, तथा आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.