काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतले ३ दिनको म्याद थप गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागले थप अनुसन्धानका लागि आज पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो।
विभागको अनुरोधमाथि सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले तीन दिनको म्याद थप गर्न अनुमति दिएको हो।
अदालतको आदेशसँगै पौडेललाई अनुसन्धान अवधिभर न्यायिक हिरासतमा राख्न पठाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि लागेको आरोपबारे थप प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाउन म्याद थप माग गरेको जनाएको छ।
अब थपिएको अवधिमा विभागले आवश्यक अनुसन्धान पूरा गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाउनेछ।

