सोमबार, असार १५,२०८३ 07:30:13
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:30:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कजारिया रमेश टायल्सको नयाँ शोरूम टोखा रोडमा सञ्चालन

Laxmi Sunrise Bank Limited
कजारिया रमेश टायल्सको नयाँ शोरूम टोखा रोडमा सञ्चालन

काठमाण्डौ । कजारिया रमेश टायल्स लिमिटेडले काठमाण्डौको टोखा रोडमा नयाँ शोरूम सञ्चालनमा ल्याउँदै उपत्यकामा आफ्नो रिटेल सञ्जाल विस्तार गरेको छ। कजारिया रमेश टायल्स लिमिटेड र जगदम्बा इन्टरनेसनल बीचको सहकार्यमा स्थापना गरिएको उक्त शोरूमको उद्देश्य स्थानीय उपभोक्ता, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूलाई उच्च गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनु रहेको छ।

शोरूमको औपचारिक उद्घाटन असार १३ गते शनिबार बिहान ११ बजे सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल तथा दीपशिखा नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कम्पनी तथा साझेदार संस्थाका वरिष्ठ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

नयाँ शोरूमलाई आधुनिक र ग्राहक–मैत्री ढाँचामा डिजाइन गरिएको छ, जसले ग्राहकहरूलाई टायल्सका विभिन्न डिजाइन, टेक्सचर तथा साइज प्रत्यक्ष रूपमा अवलोकन गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकहरूले आफ्ना आवासीय तथा व्यावसायिक परियोजनाका लागि उपयुक्त सामग्री छनोट गर्न सहज अनुभव प्राप्त गर्ने कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्घाटन अवसरमा बोल्दै निर्देशक हिमांशु अग्रवालले टोखा रोड तथा आसपासका तीव्र रूपमा विकास भइरहेको क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यसहित यो शोरूम स्थापना गरिएको बताए। उनका अनुसार, स्थानीय बजारमै विश्वस्तरीय टायल्स उपलब्ध गराएर ग्राहकको निर्माण तथा पुनर्निर्माण प्रक्रियालाई थप सहज बनाउने लक्ष्य कम्पनीको रहेको छ।

शोरूम सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। कम्पनीले टोखा रोड तथा आसपासका बासिन्दाहरूलाई नयाँ कलेक्सनहरूको अवलोकन तथा सेवा उपयोग गर्न आग्रह गरेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.