आईतवार, असार १४,२०८३ 04:16:23
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:16:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामुदायिक आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउन विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान

Laxmi Sunrise Bank Limited
सामुदायिक आपतकालीन प्रतिकार्यलाई सुदृढ बनाउन विशाल बजारमा सार्वजनिक अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर जडान

काठमाण्डौ । नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वपूर्ण कदमस्वरूप काठमाण्डौको सबैभन्दा व्यस्त व्यावसायिक केन्द्रहरूमध्ये एक विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (AED) जडान गरिएको छ। केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम सुरु गरेपछि HAPSA Nepal ले स्थापना गरेको यो दोस्रो सार्वजनिक स्थानको AED हो । 

HAPSA Nepal समुदाय केन्द्रित सेवा तयारी र सार्वजनिक स्वास्थ्यमार्फत नेपालको आपतकालीन स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन समर्पित स्थानीय गैरनाफामूलक संस्था हो। यस पहलका लागि America Nepal Medical Foundation (ANMF) ले HAPSA लाई सहयोग प्रदान गरेको हो। 

आपतकालीन अवस्थाहरूमा यो AED सर्वसाधारणका लागि उपलब्ध हुनेछ, जसको निगरानी र सुरक्षामा विशाल बजार कम्प्लेक्स र नेपाल प्रहरी जनसेवाले सहयोग गर्नेछन्। यस महत्वपूर्ण जीवनरक्षक पहलका लागि स्थान र आवश्यक सहयोग उपलब्ध गराएकोमा HAPSA Nepal विशाल बजार कम्प्लेक्सप्रति हार्दिक आभार व्यक्त गर्दछ । व्यस्त सार्वजनिक क्षेत्रमा AED को पहुँच उपलब्ध गराएर विशाल बजार कम्प्लेक्सले सार्वजनिक स्थानहरूलाई अझ सुरक्षित बनाउन सहयोग गरिरहेको छ र समुदायको स्वास्थ्य सुरक्षाका लागि मिलेर काम गर्दा कति ठूलो प्रभाव पार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। 

New Office
CG Motors
Garima Development Bank

यो पहल HAPSA Nepal र नेपाल प्रहरीबीचको नयाँ सहकार्यको हिस्सा हो। आपतकालीन अवस्था आइपर्दा प्रहरी अधिकारीहरू प्रायः सबैभन्दा पहिले घटनास्थल पुग्ने गर्छन् । उनीहरूलाई जीवनरक्षक सीप र AED जस्ता उपकरणको पहुँचसहित सुसज्जित बनाउँदा विरामी अस्पताल पुग्नु अघि नै जीवन बचाउन निर्णायक फरक पार्न सक्छ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर काकीले भने। 

यो जडान नेपालमा कार्डियाक अरेस्टपछि बाँच्ने सम्भावना सुधार गर्न HAPSA Nepal ले गरिरहेका निरन्तर प्रयासहरूको विस्तार हो। संस्थाले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा सार्वजनिक AED जडान गरिसकेको छ। HAPSA Nepal का उपाध्यक्ष तथा CPR कार्यक्रम प्रमुख डा. कमल थापाले भने, “शपिङ सेन्टर र व्यावसायिक कम्प्लेक्सहरू AED राख्न महत्वपूर्ण स्थान हुन्, किनभने यहाँ दैनिक हजारौं आगन्तुकहरू आउने गर्छन् र अचानक हुने कार्डियाक अरेस्टमा छिटो प्रतिक्रिया दिन यस्ता स्थानहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।" 

नेपालमा अस्पतालबाहिर हुने कार्डियाक अरेस्टपछि बाँच्ने दर शून्य रहेको अनुमान गरिएको छ, जसको मुख्य कारण समयमा पहिचान नहुनु, प्रारम्भिक CPR को अभाव र डिफिब्रिलेसनमा सीमित पहुँच हो। AED हरू सरल, सुरक्षित र अत्यन्त प्रभावकारी उपकरण हुन्, जसले आवश्यक पर्दा विद्युत् झटका दिएर जीवन-धम्कीपूर्ण मुटुको लयलाई पुनःस्थापित गर्न सक्छन्। विशाल बजारमा जडान गरिएको AED मा स्पष्ट दृश्यात्मक निर्देशनहरू र छोटो निर्देशनात्मक भिडियोमा जाने QR कोड समावेश गरिएको छ, जसले आपतकालीन अवस्थामा उपस्थित व्यक्तिहरूलाई तत्काल मार्गदर्शन प्राप्त गर्न सहयोग पुऱ्याउँछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो प्रयास HAPSA Nepal को व्यापक Nepal Lifesavers Program को हिस्सा हो। यो देशव्यापी पहल नेपालभर जीवनरक्षक प्रतिकार्यको संस्कृति निर्माण गर्ने र जीवनरक्षाको शृङ्खलालाई सुदृढ बनाउने उद्देश्यले सञ्चालित छ। हालसम्म यस कार्यक्रमले २,५०० भन्दा बढी सशस्त्र प्रहरी बलका personnel लाई CPR तालिम दिएको छ, विद्यालयमा आधारित CPR शिक्षा कार्यक्रम सुरु गरेको छ, जीवनरक्षक सीपलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न शिक्षा मन्त्रालयसँग सहकार्य सुरु गरेको छ, नेपाली CPR गीत बनाएको छ, समुदाय- प्रतिकार्य मोबाइल एप र CPR जनचेतना अभियान विकास गरेको छ, र देशभर रणनीतिक स्थानहरूमा सार्वजनिक AED पहुँच विस्तार गरेको छ । 

“नेपालमा सार्वजनिक स्थानहरूमा AED पहुँच विस्तार गर्न HAPSA लाई सहयोग गर्न पाउँदा ANMF गर्व गर्दछ। सार्वजनिक स्थानमा राखिएको प्रत्येक AED ले एउटा जीवन बचाउने अवसर सिर्जना गर्छ, America Nepal Medical Foundation का अध्यक्ष डा. नारायण न्यौपानेले भने। 
 

HAPSA Nepal का संस्थापक तथा प्रमुख रणनीतिकार डा. राम खरेलले यो पहल केवल एउटा उपकरण जडान गर्ने कार्यभन्दा धेरै ठूलो भएको बताए । “यो बिरामी अस्पताल पुग्नु अघि नै जीवन बचाउन सक्ने प्रणालीहरू निर्माण गर्ने कुरा हो। सार्वजनिक AED पहुँचलाई CPR तालिम र समुदायको सहभागितासँग जोडेर हामी अचानक कार्डियाक अरेस्टबाट बढी मानिसहरू बाँच्ने नेपाल निर्माण गर्न सक्छौं,” उनले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.