आईतवार, असार १४,२०८३ 05:45:37
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:45:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मदन भण्डारी जन्मजयन्तीमा पूर्वराष्ट्रपति भण्डारी तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा

Laxmi Sunrise Bank Limited
मदन भण्डारी जन्मजयन्तीमा पूर्वराष्ट्रपति भण्डारी तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा

काठमाण्डौ । नेपालको कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरू आइतबार एकै मञ्चमा देखिएका छन्।  

पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सँगै उपस्थित भएका हुन्।

New Office
CG Motors
Garima Development Bank

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आइतबार काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको थियो।  

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनको पहलमा विभिन्न राजनीतिक व्यक्तित्व, नेता तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारी तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्युनिस्ट आन्दोलनका फरक–फरक धारमा रहेका प्रमुख नेताहरू एउटै मञ्चमा देखिनु राजनीतिक रूपमा चासोको विषय बनेको छ।

मदन भण्डारीको योगदान र उनको राजनीतिक विचारधाराबारे छलफल केन्द्रित रहेको उक्त कार्यक्रममा नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.