आईतवार, असार १४,२०८३ 07:29:01
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:29:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन

Laxmi Sunrise Bank Limited
ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ ।

तनहुँ र नवलपुर जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको आयोजना देवघाटको साँधे बगर क्षेत्रमा छ । आगामी दुई वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।

New Office
CG Motors
Garima Development Bank

यो आयोजनाबाट उत्पादित बिजुली चितवनको न्यू भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । यो ड्याम–टु–टो अवधारणामा आधारित आयोजना हो ।

यस आयोजनाको लागि बन्ने १८ मिटर अग्लो बाँधका कारण आयोजनाको अपस्ट्रिमतर्फको कालीगण्डकी नदीमा करिब १५ किलोमिटर लामो जलाशय (पोखरी) बन्नेछ । उक्त जलाशयमा सुविधासम्पन्न क्रुज सेवा सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अध्यक्ष सुवेदीका अनुसार बाँधको माथिल्लो भागबाट करिब ३० मिटर उचाइमा आकर्षक झरनाजस्तै पानी झर्ने दृश्य अवलोकन गर्न मिल्ने गरी पाँचतारे होटल पनि निर्माणाधीन अवस्थामा छ । यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि नेपालकै एक नमूना हाइड्रो–टुरिजम परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.