काठमाण्डौ । साउदी अरबमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । साउदीको सरकारी मिडियाले देशका उर्जा मन्त्रीलाई उद्धित गर्दै यसबारे जानकारी दिएको हो ।
उक्त हेलिकप्टर तेल कम्पनी कम्पनी साउदी अरामकोको भएको जनाइएको छ । साउदी अरबको रास तानुरामा आइतबार भएको उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै १४ जनाको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे हाल अनुसन्धान भइरहेको छ ।

