ऊर्जा पूर्वाधारमा ठूलो फड्को, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको अवरोध हट्यो
काठमाण्डौ । राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध हटेको छ । मन्त्रिपरिषद्ले आयोजना प्रभावित वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि सन् २०१२ देखि रोकिएको निर्माण कार्य पुनः तीव्र रूपमा अघि बढ्ने भएको हो ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुर...

