आईतवार, असार १४,२०८३ 06:19:55
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:19:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

Laxmi Sunrise Bank Limited
मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन् । मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्ममा थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन ।

New Office
CG Motors
Garima Development Bank

मन्त्री चौधरी जुन 29 _ 30 मा हुने High Level Segment of the Seventh Global Conference on Strengthening Synergies between the Paris Agreement and the 2030 Agenda for Sustainable Development मा सहभागी हुने छिन । 

उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ। यस्तै 1–3 July 2026 मा थाइल्याण्डको बैंककमा आयोजना हुने Ninth Session of the Committee on Environment and Development at the Ministerial Level कार्यक्रमहरूमा सहभागिता हुने छिन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका साझा चुनौती तथा समाधानका विषयमा नेपालको प्रतिनिधित्व चौधरीले गर्ने छिन । 

उक्त सम्मेलनहरूमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास , दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे धारणा मन्त्री चौधरीले बताएकी छिन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.