काठमाण्डौ । यस साता नेप्से परिसूचक ५२.६० अंक अर्थात् १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा बन्द भयो ।
अघिल्लो साता नेप्से परिसूचक २७०२.१२ विन्दुमा बन्द भएको थियो, जुन त्यसभन्दा अघिको साताको तुलनामा ०.८० प्रतिशतले घटेको थियो ।
यस साता नेप्सेले २७१९.१६ विन्दुको उच्चतम र २६३३.९३ विन्दुको न्यूनतम स्तर छोएको थियो ।
गत साता मंगलबार २६.१७ अंकको सबैभन्दा ठूलो गिरावट देखिएको थियो । उक्त दिन कारोबार रकम भने ४.३६ अर्ब रुपैयाँ रहेको थियो भने साताभरको कुल कारोबार भने २०.०१ अर्ब पुगेको छ ।
साताभरमा ३ लाख २२ हजार ९३० वटा कारोबारमार्फत ४ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । हाल नेप्सेको कुल बजार पूँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
गत साता नेप्से १.९५ प्रतिशतले घट्दा सबै समूहमा गिरावट आएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूह ३.३१ प्रतिशतले घटेको छ ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
गत साता नयाँ कम्पनी, ऋणपत्र तथा म्युचुअल फण्डहले सर्वाधिक कमाएका छन् । सर्वाधिक टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोले गत साता कमाएको छ । यो दुबै कम्पनीको सेयरभाउ १०१.०७ प्रतिशतले बढेको छ ।
त्यस्तै, स्नो रिभर फल्सको १५ प्रतिशत, एनएमबि डिबेञ्चर ८९/९० को १३.०२ प्रतिशत, एनआइएमबि डिबेञ्चर ९० को ६.०५ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ५.०३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्स प्रोमोटर सेयरको ३.७७ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.६९ प्रतिशत, सिभिल बैंक डिबेञ्चर ८८ को ३.४२ प्रतिशत र एनएमबि डिबेञ्र ८७/८८ को ३.१८ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
यो साता सर्वाधिक गुमाउनेमा हाइड्रो सेक्टरका कम्पनीहरु छन् । सबैभन्दा धेरै बुङ्गल हाइड्रोले गुमाएको छ । यो कम्पनीको सेयरभाउ सातामा १४.८४ प्रतिशतले घटेर ६६२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सोपान फर्मास्युटिकल्सले १२.५५ प्रतिशत, थ्रीस्टार हाइड्रोले १०.०५ प्रतिशत, हिमस्टार उर्जाले १०.०५ प्रतिशत, गार्डियन माइक्रो लाइफले ९.२५ प्रतिशत, मिड सोलु हाइड्रोले ८.९६ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोले ८.५३ प्रतिशत, खालिञ्चोक हाइड्रोले ८.४२ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले ८.३३ प्रतिशत र भगवती हाइड्रोपावरले ७.६८ प्रतिशतले गुमाएको छ ।

