मंगलवार, असार ९,२०८३ 01:24:35
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:24:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी मंसिर २८ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा सुनसरीको दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  

सभामा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै प्रस्तावित बोनश सेयर जारी हुँदा वित्तीय संस्थाको जारी तथा चुक्तापूँजी वृद्धि गर्न वित्तीय संस्थाको प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीहरुम गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी दिने र अन्य वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र आबश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.