काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको ११५ औं बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १० गते काठमाण्डौको नक्सालमा होलिडे इन एक्सप्रेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।