काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
यसअघि गत पुस २८ गतेका लागि डाकिएको कम्पनीको १९ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।

