सिनर्जी पावरको अध्यक्षमा थापा चयन, प्रबन्ध सञ्चालकमा खड्का
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । कम्पनीको १९ औं वार्षिक साधारण सभा तथा सञ्चालक निर्वाचन पछि माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा थापालाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

