काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । कम्पनीको १९ औं वार्षिक साधारण सभा तथा सञ्चालक निर्वाचन पछि माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा थापालाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।
यस्तै अकौ सञ्चालक सुरेन्द्र बहादुर खड्कालाई प्रबन्ध सञ्चालक चयन गर्ने र वर्तमान कम्पनी सचिव धुव्रराज शर्मालाई कम्पनी सचिवमा निरन्तरता दिने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

