काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते ७ औं वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभा बुटवलमा रहेको दियालो फूडल्याण्डमा बिहान ११ बजेर ३० मिनेटबाट सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

