काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको अटिक रेस्टुरेन्टमा दिउँसो साढे ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको हाल कायम चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने र कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०८२ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत सेयर लाभांश र १०.९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा सञ्चालक समितिमा भएको परिवर्तन तथा निजको नियुक्ती अनुमोदन गरिनेछ ।

