काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी असार ११ गते काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
उक्त सभामा अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाििभने तथा वा प्राीपत सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।
यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही जेठ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।