काठमाण्डौ । झापा इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले उक्त सभा आगामी पुस १८ गते झापाको बिर्तामोडमा रहेको इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिका सदस्यहरुको तलब तथा बैठक भत्ता छलफल गरी पारित गर्ने र संगठनात्मक ढाँचाका प्रमुख सल्लाहकार रहने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

