बुधबार, आश्विन २९,२०८२ 01:27:20
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 01:27:20
IME remit
Global IME Bank Limited

लाभांश पारित गर्न आईजीआई प्रुडेन्सियलले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारित गर्न आईजीआई प्रुडेन्सियलले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा आगामी फागुन २५ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा आयोजना हुने भएको छ ।  

सभामा गत आवका लागि प्रस्तावित ९.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) पारित गरिनेछ । यस्तै कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चलाई अनुमोदन गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

सभामा स्वतन्त्र सञ्चालकको नियुक्तीलाई समेत अनुमोदन गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १२ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.