बिहीबार, भाद्र १२,२०८२ 12:25:00
  • बिहीबार, भाद्र १२,२०८२ 12:25:00
Global IME Bank Limited

सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १६% लाभांश पारित गर्ने विशेष प्रस्ताव

Hyundai Nepal
सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा, १६% लाभांश पारित गर्ने विशेष प्रस्ताव
Shivam Cement

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडले आगामी असोज २ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा ललितपुरको झम्सिखेलमा रहेको द लअनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १६ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा आव २०८१/८२को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको कम्पनीको वासलात र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको  नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा लाभांश वितरण प्रयोजनकालागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.