काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद माग भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, सनराइज सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ६५ करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.३३ प्रतिशत सेयर खरिद भएको छ भने ४३.६७ प्रतिशत सेयर बिक्री भएको छ ।


