मंगलवार, श्रावण १२,२०८३ 10:41:56
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:41:56
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभाको बैठक असार १ बिहान ११ बजे बस्ने गरी स्थगित

प्रतिनिधिसभाको बैठक असार १ बिहान ११ बजे बस्ने गरी स्थगित
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक असार १ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनको कार्यसूची सम्पन्न भएपछि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

बैठकमा सरकारले प्रस्तुत गरेका विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी दस्तावेजहरू अघि बढाउने प्रक्रिया अगाडि बढाइएको थियो । 

आगामी बजेट, सांस्कृतिक सम्पदा संरक्षण तथा श्रम क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा प्रक्रिया अगाडि बढाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।  

यससँगै आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयकमाथि विस्तृत छलफलको बाटो खुलेको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।  

उक्त प्रस्तावलाई पनि प्रतिनिधिसभाले स्वीकृति दिएको छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी, जसले हाल युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी छन्, ले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अन्तर्गतका दुई महत्वपूर्ण श्रमसम्बन्धी दस्तावेज सदनमा पेश गरेकाी थिइन ।  

उनले श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) तथा बाध्यकारी श्रमसम्बन्धी महासन्धि, १९३० को सन् २०१४ को प्रोटोकल (नम्बर २९) सदनमा टेबल गरेकी हुन्।

यी अन्तर्राष्ट्रिय दस्तावेजहरूले श्रमिक अधिकार, श्रम निरीक्षण प्रणाली र बाध्यकारी श्रम उन्मूलनका विषयलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.