काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज अधिकांश ब्रोकर कम्पनीहरुबाट सेयर खरिद माग गरिएको छ ।
सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद माग भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, लिन्च स्टक मार्केट, त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, कोहीनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ८३ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५५.९६ प्रतिशत सेयर खरिद भएको छ भने ४४.०४ प्रतिशत सेयर बिक्री भएको छ ।


