मंगलवार, श्रावण १२,२०८३ 04:49:20
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 04:49:20
Bizshala
Global IME Bank Limited

रश्मी रिजाल मृत्यु प्रकरणले लियो नयाँ मोड, ‘ज्यानसम्बन्धी कसुर’मा परिवारको जाहेरी

कसैको नाम किटान गरिएको छैन, घटनाको सम्पूर्ण रहस्य पत्ता लगाउन परिवारको माग

रश्मी रिजाल मृत्यु प्रकरणले लियो नयाँ मोड, ‘ज्यानसम्बन्धी कसुर’मा परिवारको जाहेरी
New Office

काठमाण्डौ । सानिमा क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडकी कम्प्लायन्स अफिसर तथा प्रवक्ता रश्मी रिजालको रहस्यमय मृत्यु प्रकरण औपचारिक रूपमा ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा प्रवेश गरेको छ।

रिजालका पति श्रीराम खनालले घटनाको वास्तविक कारण पत्ता लगाउन, सम्भावित संलग्न व्यक्तिको पहिचान गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बिजशालासँग कुरा गर्दै ज्यानसम्बन्धी कसुरमा जाहेरी प्राप्त भएको पुष्टि गरे।

“रश्मी रिजाल मृत्यु प्रकरणमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त प्राप्त भएको छ,” भट्टराईले भने, “घटनासँग सम्बन्धित सबै कुरा पत्ता लाग्ने गरी अनुसन्धान गरिदिनुपर्ने परिवारको अनुरोध छ। हामी अनुसन्धान गरिरहेका छौँ।”

प्रहरीका अनुसार जाहेरीमा कुनै व्यक्तिको नाम किटान गरिएको छैन। परिवारले घटनाको पृष्ठभूमि, कारण र सम्भावित संलग्नतासहित सम्पूर्ण पक्षमाथि निष्पक्ष तथा गहिरो अनुसन्धानको माग गरेको छ।

तारकेश्वर नगरपालिका–९ निवासी रिजाल वडा नं. १ स्थित कालेबास चुनदेवी बालुवा प्रशोधन केन्द्रमा पार्किङ गरिएको एमजी कारभित्र मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले संकलन गरेको प्रारम्भिक सीसीटीभी फुटेजमा उनी आफैँ कार चलाएर उक्त स्थानमा पुगेको र त्यहाँ अर्को व्यक्तिको प्रत्यक्ष उपस्थिति नदेखिएको दाबी गरिएको थियो। प्रहरीले रिजालको मृत्यु आत्मदहकै कारण भएको प्रारम्भिक निश्कर्ष निकालेको छ । परिवारबाट पनि ज्यानसम्बन्धी कसूरमा जाहेरी लिएर आत्मदहसम्म पुर्याउने व्यक्ति वा कारणबारे प्रहरीले अब अनुसन्धान अगाडि बढाएको भट्टराईको भनाई छ ।  

परिवारले प्रारम्भिक सोधपुछका क्रममा गम्भीर पारिवारिक विवाद नरहेको जानकारी दिएको प्रहरीको भनाइ छ। यसले अनुसन्धानको दायरा थप फराकिलो बनाएको छ। प्रहरीले पारिवारिक अवस्थासँगै कार्यालयसँग सम्बन्धित परिस्थिति, व्यक्तिगत सम्पर्क, आर्थिक गतिविधि र अन्य सम्भावित कारणमाथि समेत अनुसन्धान केन्द्रित गरेको छ।

अनुसन्धान टोलीले घटनास्थल र आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरिरहेको छ। उपलब्ध भौतिक प्रमाण, मोबाइल तथा सञ्चार विवरण र घटनाअघिका केही दिनमा रिजालले गरेका गतिविधिको क्रमसमेत केलाइँदै छ।

अघिल्लो दिन कार्यालयबाट निस्किएकी रिजाल भोलिपल्ट कार्यालय नपुगेपछि सहकर्मी र परिवारले खोजी सुरु गरेका थिए। सामान्यतः जानकारी नदिई कार्यालय अनुपस्थित नहुने उनी सम्पर्कमा समेत नआएपछि उनका पतिले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। त्यसको भोलिपल्ट बिहान उनी कारभित्र मृत भेटिएकी थिइन्।

सहकर्मीहरूले रिजाललाई जिम्मेवार, परिपक्व र कार्यालयका गतिविधिमा सक्रिय कर्मचारीका रूपमा चिनाउँदै आएका छन्। यही पृष्ठभूमिका कारण उनको मृत्युको वास्तविक कारणलाई लिएर उठेका प्रश्न अझै अनुत्तरित छन्।

परिवारबाट ज्यानसम्बन्धी कसुरमा जाहेरी परेसँगै यो प्रकरण अब नयाँ चरणमा प्रवेश गरेको छ। घटना व्यक्तिगत कारणबाट भएको थियो वा त्यसपछाडि कुनै बाह्य दबाब अथवा अन्य व्यक्तिको भूमिका थियो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.