मंगलवार, श्रावण १२,२०८३ 04:03:54
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 04:03:54
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंक र चन्द्रागिरी हिल्सले हकप्रद निष्कासन गर्न सेबोनसँग मागे अनुमति

एनआईसी एशिया बैंक र चन्द्रागिरी हिल्सले हकप्रद निष्कासन गर्न सेबोनसँग मागे अनुमति
New Office

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन् ।

एनआईसी एसिया बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेको हो । सेबोनबाट स्वीकृति प्राप्त भएमा बैंकले प्रतिकित्ता १०० रुपैयाँ  अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएएमबी एस क्यापिटल नियुक्त गरिएको छ ।

त्यस्तै, चन्द्रागिरी हिल्स लिमिटेडले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ । स्वीकृति प्राप्त भएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.