काठमाण्डौ । निभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।
जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

