शनिबार, जेष्ठ ३०,२०८३ 09:33:49
Bizshala
  • शनिबार, जेष्ठ ३०,२०८३ 09:33:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘लालीबजार’ छैटौँ हप्तामा प्रवेश, १० करोड क्लब नजिक कारोबार

Laxmi Sunrise Bank Limited
‘लालीबजार’ छैटौँ हप्तामा प्रवेश, १० करोड क्लब नजिक कारोबार
Shivam Cement

काठमाण्डौ । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गर्दै घरेलु बक्सअफिसमा उल्लेखनीय व्यावसायिक सफलता हासिल गरिरहेको छ।  

वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र वि.सं. २०८३ का हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये व्यापारिक हिसाबले अग्रस्थानमा देखिएको छ।

Bizshala
New Office
CG Motors

चलचित्रले हालसम्म घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ।  

निरन्तर दर्शक आकर्षण कायम रहेसँगै चलचित्र १० करोड रुपैयाँको माइलस्टोन नजिक पुगेको फिल्म क्षेत्रका विश्लेषकहरूले बताएका छन्।  

छैटौँ सातासम्मको प्रदर्शनले यसको दीर्घकालीन व्यापारिक सम्भावना अझ बलियो बनाएको देखिएको छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ अब अन्तर्राष्ट्रिय बजारतर्फ पनि विस्तार हुने भएको छ।  

निर्माता म्याक्स दिपेश खत्रीका अनुसार चलचित्रको युरोप प्रदर्शन डेनमार्कबाट सुरु गरिनेछ।  

कोपेनहेगनमा आगामी असार ५, ६ र ७ गते विशेष शो आयोजना हुने जनाइएको छ।

निर्माता खत्रीले नेपालमा प्राप्त सफलतापछि विदेशबाट पनि सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको बताउँदै युरोपपछि अन्य देशहरूमा समेत प्रदर्शन विस्तार गरिने जानकारी दिएका छन्।  

Garima Development Bank
Shivam Cement
Bizshala

चलचित्रमा उठाइएको सामाजिक विषयवस्तु र कथा प्रस्तुतिले विदेशी दर्शकलाई पनि आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ।

व्यावसायिक सफलतासँगै ‘लालीबजार’ ले नेपाली फिल्म उद्योगमा नयाँ बजार विस्तार र अन्तर्राष्ट्रिय वितरण सम्भावनालाई थप उजागर गरेको देखिएको छ।  

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अजय बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको यस चलचित्रको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.