‘लालीबजार’ छैटौँ हप्तामा प्रवेश, १० करोड क्लब नजिक कारोबार
काठमाण्डौ । नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गर्दै घरेलु बक्सअफिसमा उल्लेखनीय व्यावसायिक सफलता हासिल गरिरहेको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र वि.सं. २०८३ का हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये व्यापारिक हिसाबले अग्रस्थानमा देखिएको छ।

