बिहीबार, बैशाख ३१,२०८३ 07:20:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:20:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Shivam Cement

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।  

सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२.३० बजे आयोजना हुनेछ। उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

सैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत जेठ १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.