सोमबार, असार १५,२०८३ 07:36:55
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:36:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सयपत्री हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
सयपत्री हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा पुस २५ गते काठमाण्डौको कुमारीगालमा रहेको ज्योति ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको चुक्ता पूँजीको १ः०.७४ अनुपात हकप्रद सेयर निष्काशन गर्नका लागि स्वीकृत दिए पनि दशमलवमा सेयर सख्या आउने हुँदा नजिकको अङ्कमा परिवर्तन गरि हुने रकमबराबरको हकप्रद सेयर निष्काशन गर्ने ,हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकमको उपयोग बारे निर्णय लिने र हकप्रद सेयर निष्काशनको सम्बन्धमा नियमनकारी निकायको निर्देशन र सुझाव अनुसारको कुनै कार्य गर्न परेमा सञ्चालक समितिलाई सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र सञ्चालक र ४ जना सञ्चालक(१ जना महिना)को निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.