काठमाण्डौ । बोटलर्स नेपालका दुईवटा कम्पनीले साधारण सभा डाकेका छन् । बोटलर्स नेपाल(बालाजु) र (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
दुवै कम्पनीको साधारण सभा पुस २३ गते काठमाण्डौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । बोटलर्स नेपाल तराईको साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल(बालाजु)को दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै बोटलर्स नेपाल(बालाजु)को सभाबाट स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्ती अनुमोदन हुनुका साथै एक जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।

