काठमाण्डौ । साहस उर्जा लिमिटेडको समग्र वित्तीय अवस्था बलियो बनेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म विद्युत बिक्री आम्दानी र खुद नाफा बढ्नुका साथै खर्च घटेको छ । यस्तै कम्पनीले बीमा आम्दानी समेत गरेका कारण नाफा वृद्धिमा सहयोग पुगेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ८९ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि २ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ अर्ब ८४ करोड पुगेको छ । कम्पनीले बीमा कम्पनीबाट ३ करोड १० लाख प्राप्त गरेको छ । यद्यपी कम्पनीको वित्त आम्दानी भने ३८ लाख ५६ हजार रुपैयाँबाट घटेर २९ करोड ५९ लाख रुपैयाँमा झरेको छ ।
खर्चगत रुपमा हेर्दा कम्पनीले वित्त खर्च ८० करोड २१ लाखबाट घटेर ५७ करोड ७५ लाखमा सीमित बनेको छ ।
चौथो त्रैमाससम्म कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब ६८ करोड रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १४ करोड र कुल चालु दायित्व १ अर्ब ३३ करोड रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २९.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०३.६३ रुपैयाँ र तरलता अनुपात ०.८५ प्रतिशत कायम भएको छ ।

