आईतवार, श्रावण १७,२०८३ 03:15:15
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 03:15:15
Bizshala
Global IME Bank Limited

सीएनआई युवा उद्यमी मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन तथा उत्कृष्ट योगदानकर्तालाई सम्मान

सीएनआई युवा उद्यमी मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन तथा उत्कृष्ट योगदानकर्तालाई सम्मान
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्ल, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, सीएनआईवाईईएफका अध्यक्ष मनिष श्रेष्ठ तथा लर्निङ चेयर चिराग सरावगीको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा पूर्वमन्त्री अनिल सिन्हा, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सीएनआईका उपाध्यक्षहरू, कूटनीतिक नियोगका प्रतिनिधि, सीएनआईवाईईएफ गभर्निङ काउन्सिलका सदस्य तथा सञ्चारकर्मीहरूको पनि सहभागिता थियो।

कार्यक्रमको प्रारम्भमा अध्यक्ष मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमशीलताको प्रवर्द्धन, नेतृत्व विकास तथा निजी क्षेत्रको सशक्तीकरणमा सीएनआईवाईईएफले निर्वाह गरेको भूमिकाबारे प्रकाश पारे। त्यसपछि स्टार्टअप चेयर चिराग सरावगीले संस्थाले गत कार्यकालमा सञ्चालन गरेका प्रमुख कार्यक्रम, उपलब्धि तथा भावी योजनाबारे प्रस्तुति दिए।

सो अवसरमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान गरिएको थियो। समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका आधारमा जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर तथा नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर पुरस्कार प्रदान गरियो। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी उल्लेखनीय उपलब्धि हासिल गर्नुभएकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।

त्यसैगरी, सदस्यता विस्तार र प्रभावकारी गतिविधिका लागि सीएनआईवाईईएफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ तथा उत्कृष्ट कार्यसम्पादन र संस्थागत नेतृत्वका लागि सीएनआईवाईईएफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ प्रदान गरिएको थियो।

कार्यक्रमकै क्रममा आगामी कार्यकालका लागि नयाँ गभर्निङ काउन्सिलको औपचारिक परिचय तथा पिनिङ समारोह सम्पन्न गरिएको थियो। राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वमन्त्री अनिल सिन्हा तथा अन्य विशिष्ट अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई पिन प्रदान गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिमा सुगम घिमिरे अध्यक्ष, मनिष श्रेष्ठ निवर्तमान अध्यक्ष, चिराग सरावगी लर्निङ चेयर, शाइनी खेतान मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर, निदा दून मल्ल स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर, सुजित रेग्मी गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयर, पुनीत अग्रवाल कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर, यश अग्रवाल स्ट्राटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर तथा अङ्कुर अग्रवाल फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयर चयन हुनुभएको छ।

त्यस्तै, न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर ९स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन० तथा चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स) को–चेयरमा चयन हुनुभएको छ।

सम्बोधनका क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्लले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै युवा उद्यमशीलता प्रवर्द्धनका लागि सीएनआईवाईईएफसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए।

सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सीएनआईवाईईएफले निजी क्षेत्रको नयाँ पुस्तालाई सक्षम नेतृत्व प्रदान गर्न उल्लेखनीय योगदान पुर्याएको बताए।

कार्यक्रमको समापनमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरे। नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले धन्यवाद ज्ञापन गर्दै युवा उद्यमशीलताको विकास, नवप्रवर्तनको प्रवर्द्धन तथा निजी क्षेत्रको सुदृढीकरणका लागि नयाँ कार्यसमितिले थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम समूहगत तस्बिर तथा नेटवर्किङ डिनरसँगै सम्पन्न भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.