आईतवार, श्रावण १७,२०८३ 03:15:14
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 03:15:14
Bizshala
Global IME Bank Limited

सार्वजनिक लेखा समितिमा उजुरीमाथि छलफल सुरु, यस्तो हुनेछ छानबिन प्रक्रिया

सार्वजनिक लेखा समितिमा उजुरीमाथि छलफल सुरु, यस्तो हुनेछ छानबिन प्रक्रिया
New Office

 

काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा दर्ता भएका विभिन्न उजुरीमाथि आइतबारदेखि अध्ययन, छलफल तथा छानबिन प्रक्रिया अघि बढाउने भएको छ।

आइतबार दिउँसो २ बजे बस्ने समितिको पूर्ण बैठकमा प्राप्त उजुरीहरूलाई कार्यसूचीमा समावेश गरी छलफल सुरु गरिने समितिका सभापति भरत खड्काले जानकारी दिए।

उनका अनुसार समितिमा परेका उजुरीलाई विषयको गम्भीरता र प्राथमिकताका आधारमा प्रारम्भिक अध्ययन गरिनेछ। त्यसपछि कुन उजुरी सार्वजनिक लेखा समितिको अधिकार क्षेत्रभित्र पर्छ र कुन विषय अन्य निकायसँग सम्बन्धित छ भन्ने पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

उपसमिति होइन, पूर्ण बैठकबाटै कारबाही

सभापति खड्काले उजुरीमाथिको प्रारम्भिक छलफल र आवश्यक निर्णय समितिको पूर्ण बैठकबाटै हुने स्पष्ट पारेका छन्। यसअघि गठन गरिएका पाँच उपसमिति मुख्य रूपमा बेरुजु फर्स्योटसम्बन्धी कामका लागि भएकाले उजुरी छानबिनको जिम्मेवारी ती उपसमितिलाई नदिइने भएको हो।

पूर्ण बैठकले उजुरीमाथि छानबिन आवश्यक रहेको निर्णय गरेपछि सम्बन्धित सरकारी निकाय, पदाधिकारी तथा सरोकारवालालाई बोलाएर छलफल गरिनेछ। आवश्यकताअनुसार विभागीय मन्त्रीसँग समेत जवाफ मागिने र सम्बन्धित कागजात तथा विवरण झिकाएर अध्ययन गरिने समितिले जनाएको छ।

प्राप्त प्रमाण, कागजात र सम्बन्धित पक्षको जवाफ अध्ययन गरेपछि उजुरीको प्रकृतिअनुसार थप छानबिन गर्ने वा सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिने निर्णय हुनेछ।

कुनै विषयमा थप गहिरो अध्ययन आवश्यक देखिएमा छुट्टै उपसमिति गठन गर्न सकिने सभापति खड्काले बताए।

क्रमिक रूपमा उजुरीमाथि छलफल

समितिमा विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू रहेकाले सबै उजुरीमाथि एकैपटक नभई प्राथमिकताका आधारमा क्रमिक रूपमा छलफल गरिनेछ। पर्याप्त अध्ययन र छलफलका लागि एक दिनको अन्तरमा बैठक राख्ने तयारी गरिएको छ।

यसैबीच बेरुजु फर्स्योटका लागि गठन गरिएका उपसमितिका बैठकहरू पनि नियमित रूपमा सञ्चालन भइरहेका छन्।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल नेतृत्व रहे पनि सोही दलको नेतृत्वमा रहेका समितिमा उजुरीको संख्या तुलनात्मक रूपमा कम रहेको बताइएको छ। प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिमा भने पछिल्लो समय उल्लेख्य संख्यामा उजुरी दर्ता भएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.