पाँचै उपसमितिको नेतृत्व लिने अडानबाट पछि हट्यो रास्वपा, एमाले र राप्रपालाई एक–एक संयोजक
काठमाण्डौ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु अध्ययनका लागि पाँच वटा उपसमिति गठन गरेको छ। पाँचै उपसमितिको नेतृत्व लिने अडान राखेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्ततः पछि हट्दै तीन वटा उपसमितिको नेतृत्व लिन सहमत भएको छ।सहमति अनुसार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक–एक उपसमितिको नेतृत्व पाएका...

