बिहीबार, बैशाख ३१,२०८३ 07:20:44
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:20:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांश पारितको प्रस्तावसहित सिंगटी हाईड्रोपावरले डाक्यो एजीएम, बुक क्लोज समेत तय

Laxmi Sunrise Bank Limited
लाभांश पारितको प्रस्तावसहित सिंगटी हाईड्रोपावरले डाक्यो एजीएम, बुक क्लोज समेत तय
Shivam Cement

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभा आगामी पुस २१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पारित गरिनेछ । यस्तै शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Bizshala
New Office
CG Motors

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य आयोजनाको सम्बन्धमा अध्ययन गरी लगानी गर्ने तथा लगानी गर्ने आयोजनाहरुमा कर्पोरेट बैंक ग्यारेन्टि दिने प्रस्ताव पारित गरिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.