सिंगटी हाईड्रो इनर्जीको लाभांश घोषणा
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

