Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिंगटी हाइड्रोले ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

Global IME Bank Limited
सिंगटी हाइड्रोले ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १.१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले आगामी चैत १२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,कुमारीपाटी विर्तामोड,वीरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बाग्लुङ,बेनीुबुटवल,घोराही,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी चैत २० गते रहेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.