काठमाण्डौ । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यही माघ १९ गते काठमाण्डौको भगवतीबहालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि गत माघ २ गते तय भएको कम्पनीको १६ औं वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, गत आवको वित्तीय विवरण स्वीकृत गर्ने, सञ्चालक समिति चयन गर्ने र सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१)(ख)का सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।

