सोमबार, असार १५,२०८३ 07:22:29
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:22:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव

Laxmi Sunrise Bank Limited
ग्रीन भेन्चर्सले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सातौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ३१ औं बैठकले पुस ३० गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कालीगण्डकी गर्ज हाईड्रोपावरमा लगानी गर्नका लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर  जारी गर्ने, हकप्रद सेयर जारी गर्नका लागि कम्पनीको अधिकृत तथा जारी पूँजीमा वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै कालीगण्डकी गर्ज हाईड्रोपावरले प्राप्त गर्ने ऋण सुविधाका लागि कर्पोरेट ग्यारेन्टी दिने तथा उक्त कम्पनीमा लगानी गरी कम्पनीको नाममा आउने संस्थापक सेयर सुरक्षणमा राख्ने सम्बन्धी सञ्चालक समितिको बैठकबाट भएको निर्णय अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.