मंगलवार, असार ९,२०८३ 01:26:10
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:26:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते बुधबारका दिन काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै बोनस सेयर पश्चात कम्पनीको जारी र चुक्तापूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने,  लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमा छलफल गरी पारित गर्ने र आव २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.