मंगलवार, असार ९,२०८३ 01:25:33
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:25:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकद्वारा १९ औं साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
एक्सेल डेभलपमेन्ट बैंकद्वारा १९ औं साधारण सभा आह्वान

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ  वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले आगामी चैत ११ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।

New Office
CG Motors
Garima Development Bank

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि १८ औं वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तर्ता दिदै सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंंकले फागुन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्नेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.